दफा २०क
प्रदेश सरकारबाट खटिएको निरीक्षकले जाँचबुझ र निरीक्षण गर्न सक्ने
(१) प्रदेश सरकारबाट खटिएको निरीक्षकले कुनै औषधिको उत्पादन, गुणस्तर, सञ्चय, बिक्री वितरण वा परिबहन भईरहेको कुनै ठाउँको जाँचबुझ, निरीक्षण र खानतलासी गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम खटिने निरीक्षकले निरीक्षण गर्दा औषधि जनसुरक्षित, असरयुक्त र गुणयुक्त नभएको वा यस ऐन विपरीत बिक्री वितरण गरेको पाईएमा व्यवस्थापक समक्ष प्रतिवेदन दिनु पर्नेछ।
(३) उपदफा (२) बमोजिम प्रतिवेदन प्राप्त भएपछि यस ऐन बमोजिम कसै उपर मुद्दा चलाउनु पर्ने अवस्था भएमा व्यवस्थापकले मुद्दा तहकिकात गर्ने अधिकारी समक्ष लेखी पठाउनु पर्नेछ।